शनिबार , मंग्सिर १३, २०८३

बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सुकुम्वासी समस्या समाधान गर्ने पहिलो निर्णय गरेका छन् ।

सोमबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै उनीहरूले भूमिहीन सुकुम्वासी समस्या समाधान र बजार अनुगमनलाई प्राथमिकता दिने गरी दुईवटा निर्णय गरेका हुन् ।

भूमिहीन सुकुम्वासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जानकारी दिए ।

पदभार ग्रहणसँगै बुटवल क्षेत्रमा अव्यवस्थित भूमिहीन सुकुम्वासी जनताको अल्पकालीन तथा दीर्घकालीन समस्या समाधान गर्नको लागि लगत संकलन भएकालाई बसोबास प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रक्रिया बाँकी रहेकाहरूको लागि प्रक्रिया अगाडि बढाउन भूमि आयोगमा अनुरोध गर्ने निर्णय गरिएको हो ।

त्यस्तै उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने निर्णय नवनिर्वाचित जनप्रतिनिधिले गरेका छन् । उपभोक्ताको हितको लागि स्थानीय बजारलाई व्यवस्थित गर्न उपभोग्य बस्तु तथा सेवाको गुणस्तर, परिमाण तथा मूल्यलाई सन्तुलन कायम गर्न प्राथमिकता दिइएको छ । सेवा प्रदायक तथा विक्रेताको नियमन अनुगमन गरी आम उपभोक्ताको हित प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकता दिई बजार अनुगमन तथा नियमन कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।

बुटवल उपमहानगरपालिकामा सोमबार नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रा अर्यालले पदभार ग्रहण गरे लगत्तै नगरपालिकामा प्रस्ताव भइआएका यी दुई निर्णय सदर गरेका हुन् ।

त्यस्तै रुपन्देहीको देवदह नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले पदभार ग्रहण गर्दै दुईवटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

देवदह नगरपालिकालाई पूर्ण स्वास्थ्य बिमायुक्त नगरपालिका बनाउनका लागि सम्पूर्ण नगरवासीहरूलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन आह्वान गर्ने निर्णय गरेका छन् । यस्तै देवदह नगरपालिकाको सुशासन प्रवर्द्धनका लागि प्रत्येक ६र६ महिनामा अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP