मंगलबार , अषोज २७, २०८३

यतिबेला ‘कबड्डी ४’ देश दौडाहामा छ । आगामी साता रिलिज हुने फिल्मले बुधबार बेलुका नारायणगढस्थित नारायणी किनारमा भव्य कन्सर्ट आयोजना गर्‍यो ।

दमक र इटहरीपछि नारायणगढ पुगेको कबड्डी टोलीले बुटवल, पोखरा र काठमाडौंमा कन्सर्टको तयारी गरेको छ । फिल्म छायांकन र निजी व्यस्तताले प्रचारमा हिँड्न नपाएका अभिनेता सौगात मल्ल नारायणगढबाटै पब्लिसिटीमा जोडिएका छन् ।

फिल्मको हिस्सा नभएपनि कलाकारहरु विल्सनविक्रम राई र गौरव पहारी पनि प्रचारमा छन् । विल्सन तेस्रो सिक्वेलमा चाहिँ थिए । ‘फिल्मको हिस्सा नभएपनि उहाँहरु हामीसँगै हुनुहुन्छ, खुशि छौं’ निर्माता मणिराम पोखरेलले भने ।

दयाहाङ राई, मिरुना मगर, विजय बराल पनि दौडाहामा सँगै छन् । फिल्म रिलिज हुन एक साताभन्दा कम समय बाँकी रहँदा पब्लिसिटीमा कबड्डी कस्सिएको हो ।

नारायणी तीरमा भएको कन्सर्टमा कलाकारले गीत गाए । सौगातले चाहिँ ट्रेलरमा राखिएको कविता वाचन गरे । कलाकारले दर्शकलाई उपहार पनि बाँडेका थिए । ७ गते काठमाडौं फर्कने कबड्डी टोलीले राजधानीमा प्रिमिययर आयोजना गर्नेछ ।

डिजिटल र ओभरसिज राइटबाट लगानी उठाइसकेको कबड्डी ४ लाई हल रिलिजमा उति दबाब हुनेछैन । रामबाबु गुरुङ निर्देशित फिल्मलाई मणीराम पोखरेलले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP