आइतबार , बैसाख ७, २०८२

डार्बिन । अस्ट्रेलियाको डार्बिन शहरमा आउदो जुन ४ २०२२ मा  नेपाल फेष्टिभल २०२२ हुने भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा यो फेष्टिभल हुन लागेको हो ।

एन आर एन ए उपाध्यक्ष एवं एनटी संयोजक बिष्णु चापागाईले बताए अनुसार डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र ‘वाटर फन्ट’मा शनिबार ३ बजे देखि राति ९ बजे सम्म यो फेटिभल चल्ने छ।

उक्त कार्यक्रम का  इभेन्ट संयोजक संजिव ढकालका अनुसार महोत्सवको मुख्य आकार्षण धरहरा हुने छ । नेपालको परम्परा, चाडपर्व, धर्म, सँस्कृति, नेपाली भाषाको लिपि देखि बाजा र हस्तकलाका समानहरु सहित भिभिन्न स्टल राखेर नेपाललाइ बिस्व सामु चिनाउने उदेस्यका साथ् हामी लागि परेका छौ।

गायन, नृत्य र पूर्व मेची देखि पश्र्चिम महाकली र हिमाल तराई सम्मका कला सँस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि स्टेजमा देख्न सकिने छ ।

महोत्सवमा खानका र ब्यवसायिक स्टलहरु रहने छन् । १० देखि २० हजार सम्म दर्शकहरु महोत्सभा सहभागि हुने अनुमान गरिएको ढकालले बताए ।

अन्त्यमा बोल्दै NRNANT संयोजक चापागाईले, यो कार्यक्रम हरेक नेपालीको भावना संग जोडिएको हुदा, सम्पूर्णलाई उपस्थितिको लागि आव्हान गर्दै आफ्नो कार्य क्षेत्र वा हरेक ठाउमा सक्दो प्रचार प्रसार गरि नेपाल लाइ विश्व सामु चिनाउन डार्विनमा रहेका स्थानीय देखि हरेक देशका समुदाय सम्म नेपाल फेस्टिभल २०२२  को जानकारी दिइ सहयोग गर्न सबैलाइ आव्हान गर्नु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP