मंगलबार , बैसाख २९, २०८३

बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडानम्बर ७ बाट वडाध्यक्ष पदका उम्मेद्वार गोपालप्रसाद ढकालले वडाको विकासकै लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । आफ्नो वडाका मतदाताहरुसँगको भेटघाटका क्रममा कुनैपनि मतदाताको विश्वासलाई मर्न नदिने विश्वास समेत दिनुभयो । मतदाता भेटघाटका क्रममा संचारकर्मीसँग कुरा गर्दै ढकालले वडानम्बर ७ लाई नमुना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना र भिजन रहेको बताउनुभयो । वडानम्बर–७ का खैरेनी, सितलनगर, पिपलडाँडा, हिलेटोल, उदयनगर, भैरवटोल लगायतका स्थानका मतदाताहरुलाई आफ्नो क्षेत्रको विकासका लागि एजेण्डा बोकेर आउनेहरुलाई कुनैपनि सर्तमा निराश नवनाउने उम्मेदवार ढकालले बताउनुभयो । ढकालले वडानम्बर ७ देवदहकै राजधानीका रुपमा विकास हुँदै गएकाले पर्यटकीय पुर्वाधार र विकासमा नमुना वडा बनाएरै छाड्ने बताउनुभयो । उहाँभन्नुहुन्छ–‘‘देवदह ७ भगवान गौतम बुद्धको मावली स्थल भएको पवित्र स्थान हो, यहाँ बैरीमाई, कन्यामाई लगायतका विभिन्न ऐतिहासिक स्थलहरु छन् । मायादेवी पार्क, स्मृति वन बाटीका, मदनभण्डारी जिवलाल आश्रित पार्कहरु छन्, यि सबैको एकिकृत विकास गर्न आवश्यक छ । वर्ग, भाषा, विचार जाति नभनी सबैको एकिकृत विकासकै लागि मेरो उम्मेदवारी हो ।’’

वडानम्बर ७ को समग्र समानुपातिक विकासका लागि आफ्नो टिमले उम्मेद्वारी दिएको ढकालले बताउनुभयो । उहाँले देवदहका दर्जनबढी सामाजिक संघसंस्थामा दशकौ देखि रहेको क्रियाशिलतालाई आम नागरिकको सेवा र आफ्नै गाँउठाँउको विकासका निम्ती अब खर्च गर्ने आश्वासन समेत दिनुभयो । उहाँभन्नुहुन्छ–‘‘मैले नेपाल रेडक्रस, रक्तसञ्चार केन्द्र, बाणिज्य संघ, विभिन्न धार्मिक तथा आध्यामिक संघसंस्था, समाजिक संघसंस्थामा नेतृत्व लिई सकेको छु, त्यो अनुभव र सिकाई अव आफ्नै वडाको विकासका लागि लगानी गर्ने भएकाले वडाको विकासका लागि मलाई मतदान गर्न आग्रह गर्दछु ।’’ उहाँले समाजका लागि धेरै त्याग र बलिदानी दिएकाले शुन्य भ्रष्टाचारमुलक वडाका रुपमा विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । देवदहमा गठबन्धनबाट मेयरमा काँगेस नेता हिराबहादुर खत्री र माओवादी केन्द्रबाट उपमेयरमा सुन्दरी गिरीले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP