मंगलबार , बैसाख २९, २०८३

चितवन, २२ वैशाख । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन नटुट्ने बताएका छन् । चितवनमा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन नटुट्ने भन्दै रेणु दाहालको टिमलाई भोट दिन आग्रह गरेका हुन् ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रणु दाहालले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसका जगन्नाथ पौडेलले बागीको रुपमा स्वतन्त्र मनोनयन दर्ता गरेका छन् । साथै बिहीबार आयोजित सभामा वक्ताको रुपमा सम्बोधन गरेका चितवनका नेताहरुले गठबन्धन टुट्न सक्ने, यसअघि जस्तै रेणुका पिता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिन सक्ने आशंका गरेका थिए ।

तत् पश्चात सम्बोधन गरेका प्रचण्ड र देउवाले गठबन्धन नटुट्ने दाबी गरे । कुनै पनि हालतमा गठबन्धन नटुट्ने भन्दै रेणुलाई भोट दिन आह्वान गर्दै देउवाले भने, ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । कुनै पनि हालतमा गठबन्धन टुट्ने काम हुँदैन । राम्रो काम गर्ने मान्छेलाई सहयोग गर्नुपर्ने हो । तर, यहीँकै साथीले विरोध गर्नु भएको छ । हाम्रो पार्टीले कुनै बखेडा झिक्नु जरुरी छैन ।’

कांग्रेस चितवनका नेताहरुले रेणुलाई भोट दिनु कर्तव्य भएको भन्दै देउवाले भने, ‘चितवनका साथीको कर्तव्य हो, रेणु दाहाललाई सहयोग गर्नु । बेरुजु नभएको महानगरको मेयर हो उहाँ ।’ तस्बिरः रोशन सापकोटा/रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP