मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । स्थानीय तहको चुनावको सरगर्मी सुरु भएको छ । सोमबार उम्मेदवारी दिने अन्तिम दिन । कतिपय सेलिब्रिटीले पनि उम्मेदवारी दिएका छन् भने कतिपय दिने तयारीमा छन् ।

यस्तोमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहको पक्षमा फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटी खुलेरै प्रस्तुत भएका छन् ।

अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, कलाकार निर्मल शर्मा खुलेर बालेनको पक्षमा लागेका छन् । राजनीतिक मुद्दामा मौन रहने प्रियंका र स्वस्तिमाले चाहिं बालेनको तस्वीर र घोषणापत्र पनि सेयर गरेका छन् ।

निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी बालेनको घोषणापत्र प्रस्तुत गर्ने समारोहमै उपस्थित थिए ।

राप्रपाबाट मेयरको उम्मेदवार सिफारिस भएका अभिनेता मदनदास श्रेष्ठले पनि सोमबार उम्मेदवारी दर्ता गराउँदैछन् । नेकपा एमालेबाट काठमाडौंको उपमेयरमा सिफारिस भएकी सुनिता डंगोलले पनि उम्मेदवारी दर्ता गराउँदैछिन् ।

नेपाली कांग्रेसको तर्फबाट रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा लोकगायिका राधिका हमाल सिफारिस भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP