बुधबार , असार २४, २०८३

गैर आवासीय नेपाली सस्था, नर्दन टेरोट्री (NRNA-NT)ले २०२२ जुन को ४ तारिखमा नेपाल फेस्टिभल २०२२ को आयोजना गर्ने भएको छ। यस सस्थाले यो कार्यक्रम तेस्रो पटक गर्न लागेको हो। पहिलो नेपाल फेस्टिभल २०१८ मा तत्कालिन NRNA कोडीनेटर हरि रिजाल र NANT प्रेसिडेन्ट सुदिप श्रेष्ठको सक्रियतामा सम्पन भएको थियो। केहि समयको अन्तरालपछि पहिलेको कार्यक्रमलाइ मध्य नजर गर्दै अब गरिने कार्यक्रम अझ बिशाल र ब्यवस्थित तरिकाले गराउन एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। २०२२ जुन ४ को  दिन NRNA- NT र NANT का हाल र भूतपूर्व सदस्यहरु संगै डार्विनमा रहदै आउनु भएका नेपाली, जो ब्यवसायीक र सस्थागत रुपमा यस क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको छ, वहाहरुको उपस्थितिमा उक्त कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे अन्तरक्रिया सम्पन्न भएको छ।

NRNA- NT का बर्तमान अध्यक्ष बिष्णु चापागाईको अध्यक्षतामा बसेको अन्तरक्रिया कार्यक्रममा नेपाल फेस्टिभल हुने स्थानको जानकारी संगै पहिलो चरणको कार्य बिभाजन गरिएको थियो। यो नेपाल फेस्टिभल सबै नेपाल र नेपालीको पहिचानको लागि गर्न लागिएको र डार्विनमा रहने हरेक नेपालीले यो हाम्रो कार्यक्रम हो भनेर हातमा हात मिलाएर आगाडी बढे अवस्य पनि यो कार्यक्रम सफल हुने र आफुलाई टिम वोर्क मा विस्वाश भएकोले पनि हरेक ब्यक्तिको अनुभब लिन यो अन्तरक्रिया राखिएको जानकारी अध्यक्ष बिष्णु चापागाईले दिनु भयो।

कार्यक्रम बारे बिस्तृत जानकारी दिदै NRNA- NT का भाइस कोडिनेटर साथै नेपाल फेस्टिभल २०२२  का प्रोग्राम कोडिनेटर संजिव ढकाल (गोर्खाली)  कार्यक्रमलाई एकदम भब्य र ब्यवस्थित गराउन अग्रजको सल्लाह सुझाब लिन र कसलाई कुन कार्यभार सुम्पिदा कार्यक्रम अझ प्रभावकारी गराउन सकिन्छ भन्ने उदेश्यले यो भेटघाटको आयोजना गरिएको जानकारी दिनु भयो।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सुदिप श्रेष्ठले कुनै पनि कार्य गर्दा ब्यक्तिगत फाइदा भन्दा सस्थाको फाइदा हुने काममा जोड दिनु पर्ने र टिम वोर्क भय हरेक काम सफल हुने जानकारी दिनु भयो।

उठेका प्रश्न र प्रतिक्रियाको जवाफ दिदै NRNA- NT भाइस कोडिनेटर संजिव ढकालले, सम्पूर्ण टिमको सहयोगले मात्र कार्यक्रम सफल हुने हुदा, उपस्थित हरेकले आफ्नो स्थान बाट सक्दो सहयोग गर्नु पर्ने र हरेकले दिइएको जिम्मेवारीलाइ प्रतिबद्ताका साथ पुरा गर्नु हुनेछ भन्नेमा आफु बिस्वस्त रहेको जानकारी दिनु भयो। हरेकको प्रतिक्रिया र प्रश्न तार्किक र वजन सहितका भएको हुदा सबैलाई आत्मसाथ गर्दै र धन्यबाद दिदै नेपाल फेस्टिभल २०२२ हरेक तवरले उत्कृस्ट बनाउन सबै नेपाली संग जोडदार अपिल गर्नु भयो।

हरेक हप्ताको आइतबार दिनको ३:३० बजे साप्ताहिक अन्तरक्रिया हुने र तयारीको बारेमा जानकारी पनि तेसै दिन गरिने हुदा सम्पूर्ण नेपाल फेस्टिवल २०२२ मा आबद्ध महानुभाव लाइ उक्त दिन मरारा स्थित फिलिपिनो हलमा उपस्थित हुन अनुरोध पनि गर्नु भयो।

अन्त्यमा यो कार्यक्रम हरेक नेपालीको भावना संग जोडिएको हुदा, सम्पूर्णलाई उपस्थितिको लागि आव्हान गर्दै आफ्नो कार्य क्षेत्र वा हरेक ठाउमा सक्दो प्रचार प्रसार गरि नेपाल लाइ विश्व सामु चिनाउन डार्विनमा रहेका स्थानीय देखि हरेक देशका समुदाय सम्म नेपाल फेस्टिभल २०२२ को जानकारी दिइ सहयोग गर्न सबैलाइ आव्हान गर्नु भयो।

नर्दन टेरोट्री राज्य सरकारको बिशेष सहयोग गरेको नेपाल फेस्टिभल २०२२  जुन ४ को दिन डार्विन शहरको वाटर फ्रन्ट परिसरमा आयोजना हुदै छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP