शुक्रबार , बैसाख १९, २०८२

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ। आइतबार दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हाे ।

भरतपुरकाे मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।

सहमति अनुसार राप्रपाले महानगरकाे वडा नं. १५ र २६ को वडाध्यक्ष पाउने छ । वडा नं. ४,११, १६,१९ र २४ मा दुबै दलका वडाध्यक्ष उम्मेदवार रहनेछन् । यी वडामा मित्रवत प्रतिस्पर्धा हुने एमालेले जनाएको छ ।

बाँकी केही वडामा एमालेका वडाध्यक्षसहितका सदस्य हुनेछन् भने केहीमा एमालेका वडाध्यक्ष र राप्रपाका दुई जना सदस्य उम्मेदवार रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP