मंगलबार , असार ३, २०८२

नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसमा एमालेलाई सर्वाेच्च अदालतले जन्माएको पार्टीको रुपमा टिप्पणी गरिएको छ । सर्वाेच्च अदालतको आदेशबाट एमाले जन्मिएको कांग्रेसको भनाइ छ । घोषणापत्रको १२औँ पृष्ठमा एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भनेर उल्लेख गरिएको छ ।

‘एमाले नै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी’ शीर्षकमा घोषणपत्रमा उल्लेख गरिएको छ :

नेकपा (एमाले) का अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यङ्ग्य र कटाक्ष गर्दै आउनु भएको छ । तर नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत जानु भएको थियो । यसै गरी नेकपा (एमाले) स्वयं र नेकपा (माओवादी केन्द्र) सर्वोच्च अदालतको आदेशबाट जन्मिएका पार्टीहरू हुन् ।

सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा (एमाले) को वैधानिक हैसियत माथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला ? यदि संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्री समेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय होइन ।
NC Local manifesto 2079 Final.pdf – Google Drive

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP