मंगलबार , भाद्र १६, २०८३

सत्ता गठबन्धनका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल भएको पालिकामा बागी उम्मेदवारी फिर्ता गराउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा गठबन्धन भित्रबाट बागी उम्मेदवारी परे फिर्ता गराउने निर्णय भएको हो ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले रातोपाटीलाई भने, ‘गठबन्धन दलबीच चुनावी तालमेल भएको ठाँउमा बागी उम्मेदवार दिने अवस्था भए फिर्ता गराउने सहमति भएको छ । चुनावी परिणाम गठबन्धनको पक्षमा पार्न पाँच दलीय गठबन्धनको पार्टी पङ्क्तिलाई निर्देशन गरिने निर्णय भएको छ ।’

गठबन्धन दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँड भएको पोखरा र भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताबाट बागी उम्मेदवारी दर्ता भएको छ । काँग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने जगन्नाथ पौडेलले घोषणा गरेका छन् ।

यस्तै पोखरामा काँग्रेसका नेता विमलबहादुर कार्कीले पनि बागी उम्मेदवारी दिएका छन् । यस्तै ललितपुरमा गठबन्धनका निर्णय विपरीत एकीकृत समाजवादीले प्रमुखमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवारी दर्ता गरेकाहरूको फिर्ता गर्न लगाउने र तयारीमा रहेकाहरुलाई रोक्न लगाउने उनको भनाइ छ । यस्तै बैठकले आ–आफ्नो निकायलाई गठबन्धनको भावनाअनुसार अगाडि बढ्न निर्देशन दिने बैठकले निर्णय गरेको कार्कीले बताए ।

साथै उम्मेदवारी दर्ता गर्दा गठबन्धन दलहरु मिलेर गर्ने निर्णय पनि गरिएको उनले बताए । केही जिल्लामा गठबन्धन दलबीच सहमति जुट्न नसकेर आपसी प्रतिस्पर्धामा उत्रिएको विषयमा पनि छलफल भएको उनले बताए । ‘कुनै जिल्लामा सिट बाँडफाँट मिलेन भने पाँच दलको सहमतिमा आपसी प्रतिस्पर्धा हुन सक्छ’ मन्त्री कार्कीले भने, ‘तर गठबन्धनभन्दा बाहिर गएर चुनावी तालमेल गर्न पाइने छैन । यसका लागि गठबन्धनमा सम्बद्ध सबैलाई कडा निर्देशन दिने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP