मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो ।

महानगरमा भरतपुर र वीरगञ्जको उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी रहेकाे छ । त्यस्तै विराटनगरको प्रमुख र उपप्रमुख नै टुङ्याउन बाँकी रहेको पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उता उपमहानगरमा जितपुरसिमरा र जनकपुरको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

महानगरमा को ?
१. काठमाडौँ- प्रमुख : केशव स्थापित
उपप्रमुख: सुनिता डंगोल

२. ललितपुर- प्रमुख: हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख : मञ्जली शाक्य बज्राचार्य

३. पोखरा – प्रमुख: दीपक पौडेल र
उप प्रमुख: मञ्जु देवी गुरुङ

४.भरतपुर- प्रमुख: विजय सुवेदी
उपप्रमुख: बाँकी

५. वीरगञ्ज- प्रमुख: विजय सरावगी
उपप्रमुख: बाँकी (तालमेल हुने)

६. विराटनगर- प्रमुख: बाँकी
उपप्रमुख: बाँकी

त्यस्तै ११ वटा उपमहानगर पालिकामा एमालेको तर्फबाट छानिएका उम्मेदवारहरू यस प्रकार रहेका छन् ।

१. इटहरी: प्रमुख यमकुमार सुब्बा/ उपप्रमुख संगीता चाैधरी
२.धरान : प्रमुख मञ्जु काफ्ले/ पदम लिम्बु उपप्रमुख
३.जनकपुर : प्रमुख बाँकी / उपप्रमुख बाँकी
४.हेटौंडा : प्रमुख अनन्त पौडेल/ उपप्रमुख सुमित्रा काफ्ले
५.कलैया : प्रमुख विनाेद साह / उपप्रमुख बाँकी
६.जितपुर सिमरा: प्रमुख बाँकी/ उपप्रमुख बाँकी
७.बुटवल : प्रमुख बाबुराम भट्टराई/ उपप्रमुख सावित्रा देवी अर्याल
८.तुल्सीपुर : प्रमुख टीकाराम खड्का / उपप्रमुख स्यानी चाैधरी
९.घोराही : प्रमुख नरुलाल चाैधरी/ उपप्रमुख मनकुमारी डिसी
१०.नेपालगन्ज: प्रमुख पशुपति दयाल मिश्र/ उपप्रमुख शान्तिदेवी ढकाल
११.धनगढी : प्रमुख रणबहादुर चन्द/ उपप्रमुख चन्द्रकला राना थारु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP