
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुटवल उपमहानगर पालिकाको प्रमुखमा मृगेन्द्र कुमार शेरचनलाई उठाउने घोषणा गरेको छ । विहिबार बुटवलमा आयोजित पार्टीको विशालसभामा शेरचनलाई बुटवलको मेयरमा उठाउने घोषणा भएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितीमा सैनामैना नगरपालिकाबाट मिन प्रसाद घिमिरे, तिलोत्तमा नगरपालिकामा युवा नेता तथा व्यवसायी भुवन खनाल, सिद्धार्थ नगरमा सागरप्रताप राणा र देवदहको प्रमुखमा ब्यवसायी माधव रिमाललाई नगर प्रमुखको रुपमा अगाडी सार्ने घोषणा भएको हो ।