मंगलबार , बैसाख २९, २०८३

सत्तासीन नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसमिति बैठक शनिबार बिहान ११ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि काँग्रेसको निर्देशन छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने विषयसँगै सत्ता साझेदार दलबीचको चुनावी तालमेललाई प्रभावकारी बनाउने र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्ने सन्दर्भमा छलफल हुनेछ । यसअघि कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भनिएका थियो ।

तर पदाधिकारी र पूर्व पदाधिकारीबीच शुक्रबार भएको बैठकमा महानगरपालिका मेयर र उपमेयरको भागबण्डामा सहमति नजुटेपछि बैठक आजका लागि सारिएको हो । शुक्रबार राति साढे ११ बजेसम्म बसेको बैठकमा पनि सहमति भएन । काठमाडौं महानगरपालिका प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएपनि ललितपुर र विराटनगरको विषयमा सहमति हुन सकेको छैन ।​

​काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले महानगरपालिका प्रमुख र उपप्रमुख गरी छ जना उम्मेदवार छान्ने छ । सत्ता गठबन्धनभित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ ।

काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिँदै छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिने छ । काँग्रेसले महानगरको टिकट विधान विपरीत वितरण गर्न लागेको हो ।

केन्द्रीय संसदीय समितिले महानगरपालिकाका प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने व्यवस्था छ । तर संसदीय समिति गठन नभएकाले यसपटक केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट महानगर उम्मेदवार चयन गर्ने तयारी काँग्रेसको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP