मंगलबार , अषोज २७, २०८३

प्रदर्शकहरुले नेपाली फिल्मलाई माया गर्छौ भनेर जति नै लामो विचार व्यक्त गरेपनि अब निर्माताले त्यसलाई नपत्याउने निश्चित छ । नेपाली फिल्ममाथि बारम्बार प्रदर्शकहरुबाट भएको प्रहार यसपटक गम्भिर रुपमा नै देखियो । दर्शकको उच्च साथ पाएर हाउसफूलका साथ चलिरहेको फिल्मको शो हटाएर विदेशी फिल्मको शो दिने प्रदर्शकले नेपाली फिल्मलाई साथ दिएका छौं भनेर अबका दिनमा कुन मुखले भन्लान् ?

यही कुरामा चर्को असहमती जनाउँदै नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले स्टाटस लेखे । उनले लेखे–‘बिहिबार वैशाख १ गते प्रदर्शनमा आएको फिल्म ए मेरो हजुर ४ देशैभर हाउसफूल हुँदा हुँदै शुक्रबार काठमाडौंका केही र काठमाडौं बाहिरका केही हलहरुले शो हटाउनुपर्ने कारण के हो, जवाफ छ ति हलहरुसँग ? यसरी नै चल्ने हो भने अब आउन सक्ने आँधीबेरीको सामना गर्न तयार रहनुहोला ।’

अशोकले यो स्टाटस लेखेको केही समयमा नै प्रदर्शक भाष्कर ढुंगानाले उनलाई नाम नतोकी विचौलिया भएको आरोप लगाए । चलचित्र विकास बोर्डमा भएको बैठकमा ‘ए मेरो हजुर ४’लाई पनि राम्रो शो दिने वाचा गरेका क्यूएफएक्सका संचालकले आफ्नो वाचा केही दिनमै विर्सिएका थिए । भाष्करले लेखे–‘ए मेरो हजुरलाई अहिलेको अवस्थामा प्रदर्शकहरुले राम्रो साथ दिएको जस्तो लाग्छ मलाई । विश्वास छ भोली पनि हुन्छ । एकाद गल्तीहरु त्यो पनि स्टाफहरुको तहबाट भएको कुरालाई लिएर विचौलियाहरुले हाम्रो व्यवसायिक अप्ठ्यारोहरुको फाइदा उठाएर निर्माता र प्रदर्शकको सम्बन्ध विगार्ने कोशिश गरिरहेको देखिन्छ । त्यो उहाँहरुको निजी स्वार्थको कुरा हो । अरु कसैको हितको कुरो होइन । कोरोनापछि फिल्म उभो लाग्न थालेको सबैलाई सुखद खबर हो । तर, नन स्टकहोल्डर्सलाई देखी सहनु नभएको छ र व्यापारको माहोल बिगार्न उन्मुख छन् ।’

भाष्करले प्रदर्शकहरुले नेपाली फिल्मलाई साथ दिएको लेखिरहँदा क्यूएफएक्स विर्तामोडले शुक्रबार हाउसफूलको व्यापार गरिरहँदा शनिबार शो हटाएको घटना गर्मीलो नै छ । यसैले, भाष्करले नेपाली फिल्मलाई साथ दिएका छौं भनेर स्टाटस लेखेको कुरालाई न त निर्माताले पत्याए, न त अशोक शर्माले । फेरि अशोकले नाम नलेखी भाष्करलाई जवाफ दिदै लेखेका छन्–‘तिन दशक भन्दा बढी समयदेखि फिल्म क्षेत्रको निती निर्माण, लगानी र कलाकारिताको रुपमा अनबरत योगदान दिने व्यक्तिहरुलाई बिचौलिया र नन स्टक होल्डर्स देख्ने आँखाहरु त्यही हुन् जसले केजीएफ, पुष्पा, आरआरआर, सूर्यवंशी त देख्छन् तर ए मेरो हजुर, छक्का पन्जा, कबड्डी कबड्डी, जात्रै जात्रा देख्दैनन् ।’

अशोक र भाष्करको फेसबुकमा आरोप–प्रत्यारोप चलिरहेको छ । तर, गम्भिर गल्ती गर्ने कर्मचारीलाई क्यूएफएक्सले कारबाही गरेको वा गल्ती भयो भनेर शो बढाएको अहिलेसम्म सुनिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP