सोमबार , भाद्र १५, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीय तह निर्वाचनमा जनताबीच जाने र कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारे ।

उनले आगामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने दाबी गर्दै चुनावमा राम्रो परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे । अध्यक्ष लिङ्देनले राप्रपाले मौका पाउने बित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दू राष्ट्रसमेत घोषणा गर्ने बताए । उनले भने, “राप्रपाले चाहेर हुने भए र ल्याउन सक्ने भए राजालाई नारायणहिटीमा ल्याउने र हिन्दू राष्ट्र आजै पुनःस्थापना गर्ने थियो ।”

उनले राजसंस्था स्थापनाका निम्ति उपयुक्त वातावरण बनाउने काममा लागिपरेको र मौका आउने बित्तिकै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना हुने बताए । नयाँ सम्झौता अन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाका रूपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उनको भनाइ थियो । धनुषाको वीरेन्द्र बजारमा आज पार्टी प्रवेश एवं स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP