सोमबार , भाद्र १५, २०८३

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल गर्ने/नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताएका छन् ।

बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको तल्लो कमिटी स्वतन्त्र रहेको बताएका हुन् ।

पर्सामा तालमेल नगर्ने र गुल्मीमा तालमेल गर्ने निर्णय भएको उदाहरण दिंदै उनले भने, ‘पार्टीको निर्णयबारे कोही अलमलिनु पर्दैन । स्थानीय तहको साथीहरूले तालमेल गर्ने निर्णय गर्न पनि पाउनु हुन्छ नगर्ने निर्णय गर्न पनि पाउनुहुन्छ । कसैले लाद्न पाउँदैन ।’

गठबन्धनको केन्द्रीय संयन्त्रले स्थानीय तहमा आफ्नो अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय गरेको भन्दै उनले यसको अधिकार तल्लो कमिटीलाई भएको बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्ने बताउँदै अन्य दलहरू (कम्युनिष्ट) गठबन्धन गरेर जाने र एकतासमेत गर्नसक्ने सम्भावना भएकोले त्यसलाई रोक्न पार्टीले यस्तो निर्णय गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP