मंगलबार , बैसाख २९, २०८३

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट अरु दलका नेताहरुलाई पनि उठ्न सक्ने सहमति गरेपछि आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत् उनले सूर्य बिक्री हुने व्यवसायिक चिन्ह हो? भन्दै प्रश्न उठाएका छन्।

रावलले सामाजिक सञ्जालमा लेखेका छन्,‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजितीमात्र !।’

नेकपा एमालेले बुधबार राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेलको सहमति गर्दै सूर्य चिन्हमा उम्मेदवार उठाउन सहमति गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP