मंगलबार , बैसाख २९, २०८३

ब्रिजबेन । तपाई अष्ट्रेलियामा उच्च शिक्षाका क्रममा हुनुहुन्छ वा जाँदै हुनुहुन्छ, पछिल्लो समय परिवर्तन भएको Student Visa नियम बारे जानकारि लिनुहोस् । अष्ट्रेलियन एजुकेशन फ्रेमवर्कको आठौँ लेभल भन्दा माथी अर्थात ब्यचलर डिग्री भन्दा माथीका विद्यार्थीहरुले आफ्नो अध्ययन, थेसीस र अनुसन्धान विषय परिवर्तन गर्न अब विभागिय मन्त्रीबाट स्विकृती लिनुपर्ने हुन्छ ।

यस्तो छ परिवर्तित नियम

Student visa sub class 500 को मापदण्ड नम्बर 8203 and 8204 का विद्यार्थीहरुले मन्त्रीबाट स्विकृति लिएर मात्रै अध्यय, थेसीस र अनुसन्धान विषय परिवर्तन गर्न पाउनेछन् । विद्यार्थी भिसाका परिवर्तित सर्तहरू २०२२ जुलाई १ पछि प्राप्त हुने आवेदनहरूमा मात्र लागू हुने बताइएको छ ।

कुन शिक्षा र कुन विषयको हकमा लागू हुँदैछ त नयाँ नियम यो हेरौँ ।

नयाँ निमय अनुसार अब अष्ट्रेलियामा पढ्ने विदेशी विद्यार्थीले शिक्षा मन्त्रालयको अनुमति लिएर मात्र विषय परिवर्तन गर्न पाउनेछन् । यो नियन सबै देशका अन्तर्राष्ट्रिय विद्यार्थीको हकमा लागू हुनेछ । यसअघि भने विदेशका विभिन्न देश र नेपालबाट ब्याचलर र डिप्लोमा कोर्षका लागि जाने विद्यार्थीहरुले ६ महिना पढेपछि कलेज वा युनिभर्सिटीको स्किृतिमा अध्ययनको विषय परिवर्तन गर्न पाउँदै आएका थिए । ब्याचलर, डिप्लोमा अन्तर्गतको vocational education का क्रममा अष्ट्रेलिया जाने विदेशीसँगै नेपाली विद्यार्थीहरुको हकमा भने ६ महिना पढेपछि कलेज वा युनिभर्सिटीको स्किृतिमा अध्ययनको विषय परिवर्तन गर्न पाइने पुरानै नियम लागू हुनेछ ।

जापान, चीन लगायतका देशमा उच्च शिक्षा अध्ययनको शिलसिलामा आएर विषय परिवर्तन गरेर बस्नेहरु राष्ट्रिय सुरक्षामा चुनौँती बन्न थालेसँगै अष्ट्रेलियामा नयाँ नियम ल्याइएको बताइएको छ । अब तोकिएका निश्चित विद्यार्थीको हकमा राष्ट्रिय सुरक्षाको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोखिम नरहेको मन्त्रीबाट स्वीकृति प्राप्त भएपछि मात्रै अध्ययन, थेसीस र अनुसन्धान विषय परिवर्तन गर्न पाइने छ । मन्त्रीले सक्षम अष्ट्रेलियाली अधिकारीहरूबाट मूल्याङ्कनप्राप्त गरेपछि मात्र स्किृति दिने समेत बताइएको छ । यो नियम राष्ट्रिय सुरक्षाका लागि लागू गरिएको अस्ट्रेलियाको गृह मामिलाको वेबसाइटमा जनाइएको छ ।

परिवर्तित गरिएका मास्टर डिग्री वा डक्टर अध्ययन वा अनुसन्धानको पाठ्यक्रमको लागि आवश्यक पर्ने कुनै पनि ब्रिजिङ कोर्स, आफ्नो पाठ्यक्रम, थेसिस, वा अनुसन्धान विषय परिवर्तन गर्न चाहने विद्यार्थीहरूले गृह विभागको वेबसाइटमा उपलब्ध फारम भरेर Adelaide.student.centre@homeaffairs.gov.au मा पेश गर्नुपर्नेछ ।

@Nepaltube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP