मंगलबार , बैसाख २९, २०८३

काठमाडौं, बैशाख १ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अस्मितामाथि पर्नसक्ने कुनै पनि प्रभावप्रति नेपाली जता सधैं चनाखो हुनुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिदै उनले ‘छिमेकी नीतिका कारण मुलुकको अस्मितामा असर पर्नसक्ने’ भन्दै त्यसतर्फ चनाखो हुनुपर्नेमा जोड दिएका हुन् ।

‘छिमेकी मित्र राष्ट्रप्रति अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति, प्रगतिलाई मात्र प्रभावित गर्दैन, मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितासमेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्था सम्झेर सदैव चनाखो हुनुपर्छ,’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाल कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गमा लाग्यो कि भन्ने चिन्ता बढेको छ, त्यो आफैंमा आत्महीनताको विषय भएको छ ।’

अर्थविद् र उद्यमीले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थतन्त्रमा समस्या उत्पन्न भएकामा चिन्ता गरिरहेको भन्दै पूर्वराजा शाहले ‘महंगी र आर्थिक बोझले नेपालीको गुजारा कठिन बनेको’ उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP