मंगलबार , बैसाख २९, २०८३

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दर्ता नहुने भएपछि स्वतन्त्र उम्मेदवारी दिने भएको छ । दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरु सरकार र निर्वाचन आयोगमा पुगेर आग्रह समेत गरेका थिए । तर, संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल हुने केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए ।

‘दल दर्ता गर्न पार्टीकै नेताहरुले सरकार र आयोगमा बुझ्नुभयो । संवैधानिक, राजनीतिक र कानुनी सबै हिसावले संयूक्त मोर्चा दर्ता गर्न मिल्दै मिलेन’ पुनले भने, ‘दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा एमाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्छौ । साथीहरुले स्वतन्त्र उम्मेदवारी दिनुहुन्छ ।’

चुनावी तालमेल गर्ने विषयमा पनि नेकपामा दुई धार देखिएको छ । विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिएका छन् । तर, सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रसँग सकेसम्म चुनावी तालमेल गर्नुपर्ने पक्षमा छन् । अन्तर विरोधकै बीच विप्लव नेतृत्वको नेकपा स्थानीय चुनावमा होमिएकाले सोचेजस्तो चुनावी परिणाम ल्याउन कठिन हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP