बिहिबार , बैसाख १८, २०८२

काठमाडौँ — नेपाली कांग्रेसका नेता शशांक कोइरालाले निर्वाचन आयोमा बुझाएको चुनावी खर्च बाझिएको छ । ७४ को निर्वाचनमा चुनाव खर्च २१ लख ७५ हजार खर्च विवरण बुझाएपनि उनले शनिबार एक सार्वजनिक कार्यक्रममा ६ करोड खर्च भएको बताएका दिए । सञ्चारमाध्यममा आएको कोइरालाको दाबी र आयोगमा बुझाएको चुनाव खर्च विवरणमा तालमेल नभएपछि आयोगले यसबारे ध्यानाकर्षण गराउने भएको हो ।

नेता कोइरालाले निवार्चान आयोगमा बुझाएको खर्च विवरणभन्दा बढी खर्च भएको प्रचार गरिपछि निर्वाचन आयोगले ध्यानाकर्षण गराउने भएको छ । आयोगको सोमबार बस्ने बैठकले कोइरालालाई ‍यसबारे थप प्रष्ट पार्न ध्यानाकर्षण पत्र पठाउने तयारीमा रहेको स्रोतले जनाएको छ ।

‘हिजो पनि यही विषयमा आयोगमा छलफल भएको थियो । नेता कोइरालालाई यसबारे सोध्ने विषयमा आयोगका पादाधिकारीबीच सहमति भने भएको थिएन,’ स्रोतले भन्यो, ‘आज भने पत्र पठाउने निर्णय गर्न लागेका छौं ।’

नेता शशांक कोइरालाले शनिबार एक कार्यक्रममा विगतमाभन्दा चुनाव निकै खर्चिलो भएको बताएका थिए । उनले अब चुनाव लड्छु भन्नेबित्तिकै ६/७ करोड चाहिने अवस्था रहेको बताएका थिए । नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले आफूले तीन पटक चुनाव लड्दा करिब १० करोड खर्च गरेको सुनाएका थिए ।

‘मैले आफ्नो कुरा गर्दा नवलपरासीबाट तीन पटक जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो, दोस्रो चुनावमा त्यो तीन करोड पुग्यो । गएको चुनावमा त छ करोड रुपैयाँ खर्च भयो,’ कोइरालाले भनेका थिए, ‘तपाईंहरूमध्ये कोही चुनाव लड्न तयार हुनुहुन्छ भने म छोड्न तयार छु । चुनाव किन यति महँगो भएको हो ? अब कसले चुनाव लड्न सक्छ ? चुनाव लड्छु भन्नेबित्तिकै तपाईंलाई कमसेकम ६/७ करोड चाहिने अवस्था छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १९, २०८२ शुक्रबार 28 Views

ठूलो आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड

  बैसाख १९, २०८२ शुक्रबार 35 Views

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला

  बैसाख १८, २०८२ बिहिबार 56 Views

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP