शनिबार , भाद्र १३, २०८३

ब्रिजबेन । नेपाली नयाँ वर्ष २०७९ साललाई धुमधामका साथ स्वागत गर्न नेपाली सोसाइटी तास्मनियाले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ। तास्मनियाका नेपाली समूदायले नयाँ वर्षको अवसर पारी विशेष सास्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

नेपालीहरुलाई एकआपसमा पारिवारिक माहोलका रुपमा एकिकृत गराएर नयाँ वर्षको कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्ने आयोजक संस्थाले जानकारि दिएको छ । नयाँ वर्षको विशेष कार्यक्रममा १२ वर्ष मुनिका बालबालिकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने सो भन्दा माथिकाहरुलाई प्रति व्यक्ति १० डलरको शुल्क निर्धारण गरिएको छ । कला, नृत्य, संगीत, खाना,पेयपदार्थ समेतको व्यवस्था मेलाका रुपमा गरिने बताइएको छ । वर्ष भरी सहयोग गर्ने सामाजिक सथा स्वयमसेवक, मिडिया पार्टनर तथा फोटोग्राफी पार्टनरहरु र प्रायोजकहरुलाई सम्मान स्वरुप प्रमाणपत्र हस्तान्तरण गर्ने समेत तयारी भैरहेको छ ।

नयाँ वर्ष २०७९ को विशेष कार्यक्रम आगामी आइतबार अर्थात् अप्रिल १० तारिखका दिन बेलुकी ४ बजे देखि राती १० बजे सम्म तास्मनियाको मुनाह आर्ट्स सेन्टरमा हुने भएको छ। आपसी सद्भाव, एकता र खुसीका साथ नयाँ वर्ष मनाउनका लागि कार्यक्रममा सहभागी हुन संस्थाले सबैलाई आग्रह गरेको छ। कार्यक्रममा सहभागी जनाउनको लागि जति सक्दो चाडो टिकट बुकिङको लागि सम्पर्क गर्न समेत आयोजकले सबैलाई आग्रह गरेको छ ।

@nepaltube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP