मंगलबार , बैसाख २९, २०८३

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छेहरूले नबुझेका कारण ‘वामपन्थी हुन सक्दिनँ’ भन्ने गरेको बताएका छन्। सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले ‘वामपन्थी भनेपछि मान्छेले प्रचण्ड सम्झिन्छन्, अनि कसरी हुन्छ!’ भन्ने गुनासो पनि गरे।

‘म कम्युनिस्ट हुँदा, प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन्। त्यो सम्भव नै छैन। दुइटा एउटै कुरा कसरी हुन्छ। उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ। म शान्तिको पक्षमा हुन्छु। उहाँ जातजातिमा भिडाउन खोज्नुहुन्छ मान्छेलाई। म मिलाउन खोज्छु,’ आफू र प्रचण्डलाई तुलना गर्दै उनले अगाडि भने, ‘उहाँले यो र त्यो धर्म भनेर अनेकथरी झडप गराउन खोज्नुहुन्छ। घृणाको खेती लगाउन खोज्नुहुन्छ। म त्यो गर्दिनँ।’

ओलीले आफ्नै जीवनकालमा सुरुङ मार्गबाट चार मिनेटमा नुवाकोट पुग्न र रेलबाट रसुवा जाने इच्छा रहेको पनि बताए। उनले आफूलाई आफ्नै जीवनकालमा सुरुङ मार्गबाट नुवाकोट, काठमाडौंबाट रेल चढेर रसुवा र दिल्ली जान मन भएको बताए।

‘हामी टनेल यात्रामा प्रवेश गरेका छौं। डिकिङ वाटरका लागि मात्रै नभएर इरिग्रेसन, रोडलगायत क्षेत्रमा हामी टनेल युगमा प्रवेश गरिसकेका छौं। अब हामी पहाड छेडेर पारिपट्टि बाटो निकाल्छौं,’ उनले भने, ‘म केही दिनमा नुवाकोट जाँदै छु। टोखा छहरे छेड्नै पाइएन। छेड्न पाएको भए म चार मिनेटमै नुवाकोट पुग्ने थिए। अहिले नुवाकोट पुग्न मैले अढाई घण्टा लगाउनुपर्ने हुन्छ। टोखाबाट नुवाकोट चार मिनेटमा फुत्त पुगिन्थ्यो नि ! तर, त्यो हुन सकेन। मलाई आफ्नै जीवनकालमा सुरुङ मार्गबाट नुवाकोट, काठमाडौंबाट रेल चढेर रसुवा र दिल्ली जान मन छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP