मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दक्षिण छिमेकी भारतको तीनदिने भ्रमणका लागि जाने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा जान लागेको औपचारिक जानकारी दिएको छ ।

उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय नेपाल भ्रमण भएको एक साता बित्न नपाउँदै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् । यसअघि २५ पुसदेखि २८ पुससम्म गुजरातको गान्धीनगरमा हुने भनिएको ग्लोबल समिटमा जाने तयारी भएकोमा भारतमा कोरोना संक्रमण दर बढेपछि भ्रमण स्थगित भएको थियो ।

देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक भारत भ्रमणमा निस्कन लागेका देउवाका लागि यसअघि भारतसँग चिसिएको सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिइएको छ । नेपालले चुच्चे नक्सा ल्याएपछि दुई देशबीच पातलिएको कूटनीतिक सम्बन्धलाई ट्रयाकमा ल्याउने देउवासामु चुनौती छ ।

त्यस्तै, सीमा विवादको समस्या अझै पनि समाधान भएको छैन । भारतले जम्मु–कश्मीरलाई समेटेर २५ कात्तिक २०७६ सालमा नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गर्दा नेपालको भूभाग पनि समेटिएपछि दुई देशको कूटनीतिक सम्बन्धमा तिक्तता आएको थियो ।

त्यसपछि नेपालले ७ जेठ २०७७ सालमा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको संवादहिनताको अवस्थासम्म पुगेको थियो । नक्सा जारीपछिको तिक्तता अझै पनि बाँकी रहेकाले अब देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग छलफल गर्न सक्लान् ।

दार्च‘लामा भारतीय एसएसबीले तुइन काटिदिँदा नेपाली नागरिकको मृत्यु भएको थियो । जसका कारण भारत र नेपालबीच सम्बन्ध थप तिक्ततापूर्ण अवस्थामा पुगेको थियो । लगतै नेपाली भूमिमा हेलिकोप्टर उडान घटनालगायतले नेपाल– भारत सम्बन्ध थप प्रभावित भएको थियो। दुई देशको सम्बन्ध बिग्रिएसँगै पछिल्लो समय नेपालबाट मात्रै नभई भारतीय पक्षबाट पनि पहल भइरहेको छ ।

यसअघि भारतका रक्षामन्त्री राजनाथ सिंह र पर्यटनमन्त्री जी किसन रेड्डीले केही महिनाअघि भारत र नेपालबीचको सम्बन्धमा कसैले फाटो ल्याउन नसक्ने सार्वजनिक अभिव्यक्ति नै दिए । उनको सो अभिव्यक्ति नेपालसँग अब सम्बन्ध सुधारको दिशामा जानुपर्छ भन्ने रूपमा बुझ्नुपर्ने परराष्ट्र मामिलाका जानकार बताउँछन् ।

रक्षामन्त्री सिंहले गत मंसिर २ ९ मा उत्तराखण्डमा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल असल मित्र भएको उल्लेख गर्दै नेपालसामु आवश्यक परे झुक्ने तर सम्बन्ध बिग्रन नदिने बताएका थिए । नेपाल–भारतको प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदन दुई वर्षदेखि अलपत्र परेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP