मंगलबार , बैसाख २९, २०८३

बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा धमाधम चोरी भएका छन् । बर्दिया–बाँके कम्प्लेक्सको तीनवटा ब्लकमा २३ वटा क्यामेरा चोरीरतोडफोड भएको हो ।बर्दिया–बाँके कम्प्लेक्समा चारवटा ब्लक बनाएर बाघ गणना भइरहेको छ । एक र दुई नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चार नम्बर ब्लकमा पुरै बाँके राष्ट्रिय निकुञ्ज पर्छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डा रविन कडरियाले अहिलेसम्म एक र दुई नम्बर ब्लकको काम सकिएको जानकारी दिए । तीन नम्बर ब्लकमा काम भइरहेको छ । त्यसपछि चार नम्बर ब्लकमा काम हुनेछ । एक नम्बर ब्लकमा नौ वटा, दुई र तीन नम्बर ब्लकमा चाररचार वटा क्यामेरा चोरी भएको छ ।

६ वटा क्यामेरा हात्तीले तोडफोड गरिदिएको छ । एउटा क्यामेराको मूल्य ४० हजार रुपैयाँ रहेको छ । घाँस काट्न गएका, चोरी शिकारीले क्यामेरा चोरी गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP