शनिबार , बैसाख २०, २०८२

जनता समाजवादी पार्टी फुटको अवस्थामा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र अर्का नेता डा. बाबुराम भट्टराईबीचको विवाद उत्कर्षमा पुगेपछि फुटको अवस्थामा पुगेको हो ।

यादव पक्षधरले पार्टीमा एकलौटी निर्णयहरु गर्न थालेको भन्दै भट्टराई पक्ष असन्तुष्ट छ । प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई यादव पक्षधरले अन्तर्घात गरेको विषयले पनि विवाद बढाएको छ ।

भट्टराईले केन्द्रीय कमिटीमा बहुमत बनाउने प्रयास थालेका छन् । उनले बहुमत बनाउन नसके अलग पार्टी बनाउने तयारी गरेका छन् ।

भट्टराईलाई कृषिमन्त्री महेन्द्र राय यादव, अर्का नेता मोहम्मद इस्तियाक राई, रामनरेश यादवलगायतले साथ दिइरहेका छन् । यादवलाई भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, मृगेन्द्रकुमार सिंह यादव, विजय यादवको साथ छ ।

एमसीसीको विषयमा भट्टराई पक्षमा खुलेका छन् । यादव भने मौन छन् ।

यसअघि उपेन्द्र यादवबाट महन्थ ठाकुर अलग भएका थिए । ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP