मंगलबार , बैसाख २९, २०८३

जनता समाजवादी पार्टी फुटको अवस्थामा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र अर्का नेता डा. बाबुराम भट्टराईबीचको विवाद उत्कर्षमा पुगेपछि फुटको अवस्थामा पुगेको हो ।

यादव पक्षधरले पार्टीमा एकलौटी निर्णयहरु गर्न थालेको भन्दै भट्टराई पक्ष असन्तुष्ट छ । प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई यादव पक्षधरले अन्तर्घात गरेको विषयले पनि विवाद बढाएको छ ।

भट्टराईले केन्द्रीय कमिटीमा बहुमत बनाउने प्रयास थालेका छन् । उनले बहुमत बनाउन नसके अलग पार्टी बनाउने तयारी गरेका छन् ।

भट्टराईलाई कृषिमन्त्री महेन्द्र राय यादव, अर्का नेता मोहम्मद इस्तियाक राई, रामनरेश यादवलगायतले साथ दिइरहेका छन् । यादवलाई भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, मृगेन्द्रकुमार सिंह यादव, विजय यादवको साथ छ ।

एमसीसीको विषयमा भट्टराई पक्षमा खुलेका छन् । यादव भने मौन छन् ।

यसअघि उपेन्द्र यादवबाट महन्थ ठाकुर अलग भएका थिए । ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP