मंगलबार , बैसाख १६, २०८२

चीनको राजधानी बेइजिङमा आजबाट २४औं संस्करणको विन्टर ओलम्पिकको उद्‌‌घाटन हुँदैछ। उद्‌घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङसहित विश्वका २१ मुलुकका नेताहरू सहभागी हुँदैछन्।

यो ओलम्पिक्समा विश्वभरका ९१ देशका खेलाडीले सहभागिता जनाउँदैछन्।

चीनको बेइजिङ र हुबेईमा हुने ओलम्पिकमा नेपालको सहभागिता छैन। किनभने यस संस्करणको ओलम्पिकमा प्रतिस्पर्धा हुने विधाका लागि योग्य खेलाडी नेपालमा छैनन्।

स्की खेलाडी सफलराम श्रेष्ठले यसपटकको विन्टर ओलम्पिकमा सहभागिता जनाउने कोसिस गरे पनि सफल हुन सकेनन्। सफलरामको ओलम्पिक खेल्नका लागि न्यूनतम अंक पुग्न सकेन।

यद्यपी सफलरामलाई नेपाल ओलम्पिक कमिटीले विन्टर ओलम्पिकको तयारीका लागि भन्दै इटालीका लागि विदाई गरेको थियो।

विन्टर ओलम्पिकमा नेपालको सहभागिता नहुने समाचार प्रकाशन गरेको केही दिनपछि सफलरामलाई ओलम्पिकको तयारीका लागि इटाली पठाएको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।इटालीमा उनले एफआईएस च्याम्पियनसिपमा भाग लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु