मंगलबार , भाद्र १६, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक रुपमा निकै शक्तिशाली देखिएका छन् । काँग्रेस सभापति समेत रहेका उनी पार्टीभित्र शक्तिशाली बनिसकेका छन् । बाह्य समर्थन पनि जुटाइसकेका छन् । शक्तिशाली बनेका देउवा पेलेरै बढ्न थालेका छन् ।देउवाले स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएर राष्ट्रपति समक्ष सिफारिश गराएका छन् । सत्ता गठबन्धन दलका नेताहरुमध्ये नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव धकेल्न खोजेका थिए । प्रचण्डले वैशाखमा पहिले प्रतिनिधि सभाको चुनाव गर्न जोड गरेका थिए ।

माधव नेपालले मंसिर या फागुन २०७९ मा तीन तहको चुनाव एकसाथ गर्ने प्रस्ताव गरेका थिए । उनीहरुको प्रस्ताव र दबाबका बाबजुद देउवा ३० वैशाखमै चुनाव गर्न बढेका छन् ।

अब देउवा एमसीसी पारित गर्न बढ्न लागेका छन् । यसका लागि पनि उनी पेलेरै जाने तयारीमा छन् । एमसीसीको विपक्षमा प्रचण्ड र माधव नेपाल उभिइसकेका छन् । देउवाले अन्य विकल्पमा गएर भएपनि एमसीसी बढाउन खोजेका छन् । यसका लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समझदारी विकास गरिसकेको बुझिएको छ ।

देउवा ओलीलाई साथमा लिएर भएपनि एमसीसी पारित गर्ने पक्षमा छन् । यसमा अवरोध बनेमा उनी सभमुख अग्निप्रसाद सापकोटा हटाउने प्रस्ताव ल्याउन समेत तयार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP