शुक्रबार , जेठ १७, २०८२

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले फागुनको १० गतेभित्र जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने बताएका छन् ।

खबरहबसँगको कुराकानीमा महाप्रबन्धक झाले उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको र १० गतेभित्र उद्घाटन भई यात्रुसहित रेल चल्ने दाबी गरेका हुन् । फागुन १ गतेबाट भने ‘ड्राई रन’ अर्थात् बिना यात्रु जयनगरदेखि जनकपुरसम्म रेल चलाइने छ ।रेलको उद्घाटन नभएसम्म बिना यात्रु नियमित रेल चलाइने पनि उनले बताए ।

उनले भने, ‘फागुन १ गतेदेखि ड्राई रन रेल चलाउने छौँ । बिना यात्रु नियमित रेल चलाउने छौँ । फागुन १० गतेभित्र उद्घाटनको सम्भावना छ । अहिलेसम्मको प्रगति यही हो । उद्घाटनपछि यात्रुसहित रेल चल्नेछ ।’

महाप्रबन्धक झाले थपे, ‘रेलको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले गर्ने अहिलेसम्मको कुरा छ । यद्यपि, केही दिन तलमाथि हुन सक्नेछ । तर, यसपटक रेल चल्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP