मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको बैठक बिना निष्कर्ष टुंगिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घण्टा भएको छलफलमा प्रधानमन्त्रीले एमसीसी यसै संसद्को अधिवेशनबाट अगाडि बढाउनुपर्ने प्रस्ताव गरेपनि प्रचण्डले पहिले संसद् खुल्नुपर्ने, एमसीसी चुनावपछि आवश्यक संशोधनपछि मात्र राष्ट्रिय सहमति निमार्ण गरेर पारित गर्नुपर्ने धारणा राखेका थिए।एमाले अध्यक्ष ओलीले भने सत्ता गठबन्धन आफै अस्पष्ट र अनिर्णीत भएर प्रतिपक्षलाई सहयोग माग्नु उचित नहुने धारणा राखेका थिए।

ओलीले एमालेले कारवाही गरेका १४ जना माधव नेपाल पक्षधर सांसद संसद्मा राखेसम्म बैठक चल्न नसक्ने र सभामुख नसच्चिएसम्म बैठक चल्न नसक्ने अडान राखका थिए।

बैठकमा सहभागी एक नेताले कुराकानी गर्दै आजको बैठकले कुनैपनि विषयमा निष्कर्ष निकाल्न नसकेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP