बुधबार , भाद्र १७, २०८३

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले पदबहाली गर्नुभएको छ ।

सिंहदरवारस्थित नेपाल टेलिभिजनको कार्यालयमा कार्यकारी अध्यक्ष शाहले आइतबार पदबहाली गर्नुभएको हो । अध्यक्ष शाहलाई महाप्रबन्धक फुलमान वल तामाङलगायत टेलिभिजनका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट निवासी शाहलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको थियो ।

शाहले लामो समयसम्म रेडियो नेपालमा पत्रकारिता गर्नुभएको हो ।

यसैबीच, पदबहालीपछि आजै नेपाल टेलिभिजनमा आयोजित स्वागत समारोहमा नवनियुक्त कार्यकारी अध्यक्ष शाहले आफू ‘सकारात्मक स्वार्थ’ लिएर नेपाल टेलिभिजन आएकोले संस्थानको श्री-बृद्धि र कर्मचारीहरुको हक र हितको पक्षमा काम गर्ने बताउनुभयो ।

उहाँले आगामी तीन तहका निर्वाचनमा नेपाल टेलिभिजनले खेल्ने अहम भूमिका र यसको प्रभावकारिता पुष्टि हुने गरी काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने एउटा सदस्य भएको नाताले आफूमा सबैका कुरा सुन्ने क्षमता भएको भन्नुहुँदै कार्यकारी अध्यक्ष शाहले सामूहिकतामा बल हुने हुँदा कुनैपनि निर्णय आम कर्मचारीको सहभागिताका लागि प्रयास गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP