मंगलबार , बैसाख २९, २०८३

२०७२ सालको महाभूकम्पपछि थलिएको नेपालमा भारतले नाकाबन्दी लगाउँदा नेता देखि सर्वसाधारणसम्मले चर्को विरोध गरेका थिए । दलहरुबीच अभूतपूर्व एकता समेत देखियो । भारतले ‘नाकाबन्दी’ नलगाएको जवाफ दियो । सीमामा मधेश केन्द्रित दलहरुले अवरोध गरेकाले नेपालको आन्तरिक कारणतर्फ संकेत गरेको थियो ।अहिले चीनले त्यसैगरी नेपालमाथि ‘नाकाबन्दी’ लगाएको छ । कोरोना भाइरसको महामारीले थलिएको नेपालको अर्थतन्त्रमा चिनियाँ नाकाबन्दीले गम्भीर असरहरु देखिएको छ । चीनले नाकाबन्दी अस्वीकार गर्दै कोभिड १९ को महामारीसँग जुध्ने क्रममा कडाई गनुपर्ने वाध्यता भनेको छ ।

तर, नेपालसँगको व्यापारलाई चीनले सहज बनाएको छैन । सीमामा कडा प्रतिबन्धहरु लगाइएका छन् । चीनले आफ्नो चाहना अनुसारको सामान नेपालतर्फ पठाइरहेको छ । तर, नेपालबाट सामान प्रवेश दिएका छैन । भन्सार विभागको तथ्यांकमा गत आर्थिक वर्ष चीनबाट नेपालतर्फ आयात २८.५८ प्रतिशत बढेर २ खर्ब अर्ब ९२ करोड पुगेको उल्लेख छ । कोरोना भाइरसको महामारी पूर्व २ वर्षअघि २ खर्बको आयात हुन्थ्यो । नेपालबाट भने चीनले जम्मा १ अर्बको सामान मात्र प्रवेश दिएको छ । यसबाट नेपालले ठूलो व्यापार घाटा व्यहोरिरहेको छ ।

चीनले सामानहरुको नेपालतर्फबाट निर्यातमा जति कडाई गरेको छ आयातमा पनि कडाई गरेको छ । जसका कारण चिनियाँ सामानको मूल्य तेब्बर सम्मले वृद्धि भएको छ । मूल्य वृद्धिको मार नेपाली बजारमा परेको छ । चिनियाँ लत्ताकपडा, जुत्ता, इलेक्ट्रिकल सामानलगायतमा व्यापक मूल्य वृद्धि भएको छ ।

भारतको नाकाबन्दीको बखत नेपालमा इन्धनको मूल्य मात्र वृद्धि भएको थियो । तर, चिनियाँ नाकाबन्दीले अधिकांश दैनिक उपभोग्य सामाग्रीको मूल्यवृद्धि भएको छ । कन्टेनरहरुबाट ढुवानीको मूल्य झण्डै दोब्बर भइसकेको छ । मेशिनरी सामाग्री, टेलिकमसम्बन्धी उपकरणहरुको पनि व्यापक मूल्यवृद्धि भएके छ ।

नेपालले हस्तकलाका सामान, धातु, ऊन जस्ता सामाग्री निर्यात गर्दै आएकोमा निर्यात थप्प हुँदा ती उद्दोगहरु धराशायी भएका छन् । देशमा ठूलो संख्यामा रोजगारी गुमेको छ ।

चीनको नाकाबन्दीबारे व्यवसायीले आवाज उठाउँदै आएका छन् । तर, सरकार बोलेको छैन । राजनीतिक दलका नेताहरु मौन छन् । भारतले नाकाबन्दी गर्दा बोल्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौन छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सरकारका तर्फबाट केही बोलेका छैनन् ।

चीनको नाकाबन्दी केरुङ र तातोपानी नाकामा मात्र सिमिति छैन । विभिन्न सीमानाकाहरुमा देखिएको छ । स्थानीय व्यवसायीहरु समस्यामा परेका छन् । चीनसँग सीमानाका क्षेत्रका जनप्रतिनिधिहरु चीनको नाकाबन्दीबाट प्रभावित भई बोल्न थालेका छन् । उनीहरुले विगतमा भारतको नाकाबन्दीका बेलामा बोल्ने नेताहरु अहिले चीनको नाकाबन्दीबारे नबोलेकोमा असन्तुष्ट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP