बुधबार , भाद्र १७, २०८३

केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसममा आजदेखि सुधार भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि नै सामान्यतया देशैभर मौसम सफा हुँदै गएको हो । मौसमी प्रणालीमा सुधार भएसँगै अब हिमपात र वर्षा पनि बिस्तारै कम हुँदै जाने बताइको छ ।आजदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् ।

अब अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ । मौसममा सुधार आएसँगै तापक्रम पनि बढ्नेछ ।

गएको बुधबार रातिदेखि नेपाल प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँमा वर्षा र हिमपात हुँदा चिसो बढेको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो मौसम सफा नै रहनेछ भने राति प्रदेश १ र बागमतीमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP