बुधबार , भाद्र १७, २०८३

जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा बेहोस अवस्थामा भेटिएका एक जनाको शनिबार मृत्यु भएको छ।

अर्घाखाँचीको छत्रकोट गाउँपालिका- ४ रिठाको रुख स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिड्ने ५० वर्षीय गणेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले बताए।

तानसेन नगरपालिका -६ बसपार्कमा भित्तामा अढेस लागेर घोप्टो परेर बसिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेहोस अवस्थामा रहेका उनलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि आजै तानसेन -४ बडिज्ञानटोल भाडामा बस्ने ३८ वर्षीय वसन्त गिरी मृत फेला परेका थिए।

ज्याला मजदुरी गर्दै आएका उनी आज विहान करिब ८ बजे तानसेन नगरपालिका -४ सिल्खानटोलस्थित तानसेन-गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा भेटिएका थिए।

दुवै जनाको चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको हुन सक्ने स्थानीयको आशंका छ। तानसेनमा लगातार दुई दिनसम्म वर्षा भइरहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP