बुधबार , जेठ १५, २०८२

बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण देशभर पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापक प्राधिकरणका अनुसार माघ २१ गतेदेखि २२ गते बिहानसम्म २८ वटा विपद्का घटनामा ११ जना घाइते हुनुका साथै करिब ९४ लाख बराबरको अनुमानित क्षति पुगेको छ ।

धनुषाको सबैला न.पा.- १२ श्री फकिरचन उ.मा.वि.को प्राङ्गणमा रहेको मसालाको रूख हावाहुरीको कारण भाँचिई टाउकोमा लाग्दा वर्ष ८ की एक बालिकाको घटनास्थलमै मृत्यु, वर्ष ७ का एक बालकको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु छ । यता सुर्खेतको भेरीगंगा न.पा.- ११ साँदीखोला बस्ने वर्ष ३५ की एक महिला छतमा निस्कने क्रममा चट्याङ्ग लागी सख्त घाईते भई उपचारको क्रममा मृत्यु छ ।

त्यस्तै सल्यानको बनगार कुपिण्डे न.पा.७ लामसरा बस्ने वर्ष ४० की एक महिला भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ्ग परी घटनास्थलमै मृत्यु भएको प्राधिकरणले जनाएको छ । रौतहटको बौधीमाई न.पा.-१ अजगैबी बस्ने बर्ष ४५ कि एक महिला गोठमा बसिरहेको अवस्थामा अबिरल वर्षाको कारण गोठ भत्की च्यापिएर घाईते भई उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको तथा २ बटा बाख्रा समेत मरेको प्राधिकरणले जानकारी दिएको छ ।

वर्षाका कारण ५ स्थानमा सडकमा अवरोध पुगेको छ भने ३ चौपाया पनि मरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP