मंगलबार , बैसाख २९, २०८३

यूएई – दुबईमा जारी विश्व मेलामा नेपाल ‘डे’ मनाइएको छ। यूएई सरकारले नेपालको तर्फबाट यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल विशेष उपस्थितिमा सम्मान स्वरूप नेपाल डे’ मनाएको हो। नेपालको सम्मान स्वरूप मनाइएको नेपाल डे’ मा नेपालको तर्फबाट यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले सम्बोधन गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई गरेको सहयोग सधैँ उल्लेख्य भएको बताए । राजदूत ढकालले भूकम्पजस्तो प्राकृतिक प्रकोप तथा कोरोना महामारीको समयमा यूएईले गरेको सहयोग सधैँ सम्झन योग्य रहेको समेत उल्लेख गरे।

२ लाख ५० हजार नेपाली नागरिकहरूलाई रोजगारीको साथै नेपालको विभिन्न क्षेत्रमा यूएईले गरेको लगानी र कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन गरेको प्रयासको राजदूत ढकालले खुलेर प्रशंसा समेत गरे । उनले आउँदा दिनमा दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए।

कार्यक्रममा यूएईका विदेश तथा अन्तर्राष्ट्रिय समन्वय सम्बन्ध सहायक मन्त्री ज्याकुब युसुफ अल हुसेनीले पनि सम्बोधन गरेका थिए। उनले नेपाल र यूएई सम्बन्ध थप बलियो भएको बताए। यूएईमा अहिले पनि २ लाख ४० हजार नेपाली कार्यरत रहेको तथ्याङ्क उल्लेख गर्दै सहायक मन्त्री हुसेनीले नेपाली नागरिकले प्रत्यक्ष नेपालको सहभागिता जनाएको भन्दै दुई देशबीचको सम्बन्ध नागरिक स्तरमा फैलिएको बताए।
भारत र चीनको बीचमा रहेको नेपाल भौगोलिक रूपमा पनि महत्त्वपूर्ण रहेको बताउदै मन्त्री हुसेनीले नेपालको तेस्रो साझेदार देशको रूपमा यूएई उभिएको र आउँदो दिनमा सहयोग र सद्भाव बढाउँदै जाने प्रतिबद्धतासमेत व्यक्त गरे।

एक्स्पो २०२० (विश्व मेला) मा सहभागी राष्ट्रलाई सम्मान स्वरूप सम्बन्धित राष्ट्रका राष्ट्रप्रमुख वा सरकारका विशेष प्रतिनिधिको उपस्थितिमा हरेक दिन विभिन्न देशको विशेष दिनको रूपमा मनाउँदै आएकोमा गत बिहीबार नेपाल डे मनाएको हो।

कार्यक्रममा राजदूत ढकालसहित नेपाली कूटनीतिक प्रतिनिधिहरू नेपाल आदिवासी जनजाति महासंघ यूएई अन्तर्गतका विभिन्न जातीय संस्थाहरूले निकालेको बाजागाजा र झाँकीसहित एक्स्पो स्थलमा सहभागी भएका थिए।

नेपाललाई सम्मान स्वरूप आयोजना गरिएको नेपाल डे कार्यक्रम नेपाल र यूएईको झण्डोत्तोलन र राष्ट्रिय धुन बजाएर सुरु गरिएको थियो,भने नेपालबाट आएका सांस्कृतिक संस्थानका कलाकारहरूले नेपालको सांस्कृतिक विविधता झल्कने सङ्गीत र नृत्य प्रस्तुत गरेका थिए। ।

कार्यक्रमका लागि नेपालबाट सांस्कृतिक संस्थानका १० जना कलाकारसहित निमित्त कार्यकारी निर्देशक सुयेश खनाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव देवीप्रसाद थपलियाको उपस्थिति रहेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP