बुधबार , भाद्र १७, २०८३

सुनसरीको कोशी गाउँपालिका–१ मा बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस र ट्रकका चालक छन् भने एक जना बसमा सवार यात्रु रहेका छन् । दुर्घटनामा २७ जनाभन्दा बढी घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तगर्त कोशी गाउँपालिकाको लोकहीमा रहेको खुनियामा ट्रक र बस एकआपसमा ठक्कर खाएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जय सिंह थापाले बताए ।

एसपी थापाका अनुसार पूर्वको काकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खाएपछि आगलागी भएको थियो । दुर्घटनालगत्तै बसमा सवार अन्य यात्रुको उद्दार गरिएकाले थप मानवीय क्षति नभएको प्रहरीले बताएको छ । दुवै सवारीका चालकको शव जलेको छ ।

घाइतेमध्ये केही सामान्य उपचारपछि घर फर्किएका छन् भने १६ जना घाइतेहरुको विराटनगरस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको एसपी थापाले बताए । मृत्यु हुनेहरुको अझैसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP