सोमबार , जेठ १३, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक करोड मूल्य पर्ने एक केजी ५५ ग्राम सुन र केही थान मोबाइल सहित तीन जना व्यक्ति पक्राउ परेका छन् ।

युएईबाट काठमाडौंमा उत्रिएका यात्रुको मलद्वारबाट एक केजी सुन प्रहरीले बरामद गरेको हो । सारजहाबाट एयर अरेबियाको विमानमा काठमाडौं आएका सिन्धुपाल्चोकको भोटेकोशीका ३९ वर्षीय दावा छिरिङ शेर्पाले अर्ध ठोस बनाएर सुनलाई मलद्वारमा लुकाएर ल्याएको प्रहरीले बताएको छ ।

उनले लुकाएर ल्याएको सुनको अन्दाजी मूल्य ८३ लाख ३९ हजार २४७.५ हुने प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, विमानस्थलबाट प्रहरीले पाँच थान आइफोन, र सुनको बेरुवा औँठी सहित अन्य २ जनालाई पनि पक्राउ गरेको बताएको छ ।

दुवईबाट हिमालय एअरलाइन्समा काठमाडौं आएका रौतहटका सुनिल कुमार साह र मकवानपुरका नवराज परियार पक्राउ परेका हुन् ।

साहको साथबाट ५० ग्रामको सुनको वेरुवा औँठी प्रहरीले बरामद गरेको छ । उक्त औँठीको अन्दाजी मूल्य तीन लाख ९५ हजार २२५ हुने प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट ८ लाख मूल्यको मोबाइल फोन प्रहरीले बरामद गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत


TOP