बुधबार , भाद्र १७, २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक करोड मूल्य पर्ने एक केजी ५५ ग्राम सुन र केही थान मोबाइल सहित तीन जना व्यक्ति पक्राउ परेका छन् ।

युएईबाट काठमाडौंमा उत्रिएका यात्रुको मलद्वारबाट एक केजी सुन प्रहरीले बरामद गरेको हो । सारजहाबाट एयर अरेबियाको विमानमा काठमाडौं आएका सिन्धुपाल्चोकको भोटेकोशीका ३९ वर्षीय दावा छिरिङ शेर्पाले अर्ध ठोस बनाएर सुनलाई मलद्वारमा लुकाएर ल्याएको प्रहरीले बताएको छ ।

उनले लुकाएर ल्याएको सुनको अन्दाजी मूल्य ८३ लाख ३९ हजार २४७.५ हुने प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, विमानस्थलबाट प्रहरीले पाँच थान आइफोन, र सुनको बेरुवा औँठी सहित अन्य २ जनालाई पनि पक्राउ गरेको बताएको छ ।

दुवईबाट हिमालय एअरलाइन्समा काठमाडौं आएका रौतहटका सुनिल कुमार साह र मकवानपुरका नवराज परियार पक्राउ परेका हुन् ।

साहको साथबाट ५० ग्रामको सुनको वेरुवा औँठी प्रहरीले बरामद गरेको छ । उक्त औँठीको अन्दाजी मूल्य तीन लाख ९५ हजार २२५ हुने प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट ८ लाख मूल्यको मोबाइल फोन प्रहरीले बरामद गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP