मंगलबार , बैसाख २९, २०८३

सरकारले रिक्त रहेका देशमा राजदूत नियुक्तीको तयारी थालिरहेको छ । यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आवद्ध पाँच दलका नेताहरुसँग भागबण्डाअनुसार राजदूतको लागि नाम दिन भनिसकेका छन् ।यसअघि कांग्रेसले आफ्नो कोटाबाट भारत, बेलायत र अमेरिकाको लागि राजदूत नियुक्त गरिसकेको छ । सरकारले भारतमा डा. शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई र अमेरिकाको लागि श्रीधर खत्रीलाई नियुक्त गरिसकेको छ ।

उनीहरुको संसदीय सुनुवाई पनि सम्पन्न भैसकेको छ । पाँच दलीय भागबण्डाअनुसार चीनको राजदूत भने नेकपा (माओवादी केन्द्र) को कोटामा परेको छ । माओवादीले चीनको लागि नेपाली राजदूतमा कसलाई पठाउने भनेर आन्तरिक तयारी गरिसकेको छैन् ।

तर, सभामुख अग्निप्रसाद सापकोटाले भने आफ्नो छोरा रुपक सापकोटालाई चीनको राजदूत बनाउनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमार्फत लविईङ गरिरहेका छन् । चीनको रेनमिन् विश्वविद्यालयबाट भूराजनीतिक विषयमा विद्यावारिधी गरेका रुपकले यसपटक चीनको राजदूत बनाउनको लागि भित्रभित्रै लविङ् गरेका छन् ।

सापकोटाले गत कार्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् । पछिल्लो समय सभामुख सापकोटा एमसीसीको कारण चर्चामा छन् । उनले आफू मर्न तयार रहेको तर एमसीसी अघि नबढाउने भनेर भनिरहेका छन् ।

एमसीसीको विषयमा सभामुख सापकोटा सकारात्मक नभएपछि प्रधानमन्त्री देउवाले पनि छोरालाई राजदूत नबनाउने अडान लिएका छन् ।राजदूत नियुक्तीको विषयमा प्रचण्डले रुपकको नाम चीनको लागि प्रस्ताव गर्दा देउवा सकारात्मक नसुनिएको माओवादी केन्द्रका नेताहरुको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP