बुधबार , जेठ १५, २०८२

किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेको छ ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले मधेसका साथै अन्य प्रदेशका जिल्लाहरूमा ठाउँ–ठाउँमा चक्काजाम गरेका हुन् । उनीहरूले प्रदर्शन गर्नुका साथै सडक छेउमा टेन्ट राखेर बसेका छन् । झण्डै डेढ महिनादेखि आन्दोलन भइरहँदा पनि सरकारले माग पूरा नगरेपछि बाध्य भएर राजमार्ग बन्द गर्नु परेको उनीहरूले बताएका छन् ।जनमत पार्टीका नेता बीपी साहका अनुसार पुस ९ गतेदेखि किसानहरूले विभिन्न चरणको विरोधका कार्यक्रमहरू गरिसकेका छन् । तर, हालसम्म पनि सरकारले सुनवाइ नगरेपछि बिहीबारबाट सडकमै बस्ने खाने गरी राजमार्ग अवरुद्ध गरेर प्रदर्शन सुरु भएको हो । अतिआवश्यक सवारी साधन चल्न दिने पनि जनमतले जनाएको छ ।

बिहीबारदेखि सुरु भएको चक्काजाम निरन्तर जारी रहने नेता साहले जानकारी दिए । हरेक दिन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म चक्काजाम गर्ने, त्यसपछि साँझ सडक छेउमा खडा गरिएको टेन्टमा खाना पकाउने, त्यही खाने र भोलिपल्ट फेरि चक्काजाम गर्ने आफूहरूको कार्यक्रम गरेको नेता साहले जानकारी दिए ।

सरकारले माग पूरा नगरेसम्म किसान आन्दोलन जारी रहनेसमेत उनले चेतावनी दिए ।

उनीहरूले किसानले मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएका छन् । किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP