मंगलबार , बैसाख २९, २०८३

किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेको छ ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले मधेसका साथै अन्य प्रदेशका जिल्लाहरूमा ठाउँ–ठाउँमा चक्काजाम गरेका हुन् । उनीहरूले प्रदर्शन गर्नुका साथै सडक छेउमा टेन्ट राखेर बसेका छन् । झण्डै डेढ महिनादेखि आन्दोलन भइरहँदा पनि सरकारले माग पूरा नगरेपछि बाध्य भएर राजमार्ग बन्द गर्नु परेको उनीहरूले बताएका छन् ।जनमत पार्टीका नेता बीपी साहका अनुसार पुस ९ गतेदेखि किसानहरूले विभिन्न चरणको विरोधका कार्यक्रमहरू गरिसकेका छन् । तर, हालसम्म पनि सरकारले सुनवाइ नगरेपछि बिहीबारबाट सडकमै बस्ने खाने गरी राजमार्ग अवरुद्ध गरेर प्रदर्शन सुरु भएको हो । अतिआवश्यक सवारी साधन चल्न दिने पनि जनमतले जनाएको छ ।

बिहीबारदेखि सुरु भएको चक्काजाम निरन्तर जारी रहने नेता साहले जानकारी दिए । हरेक दिन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म चक्काजाम गर्ने, त्यसपछि साँझ सडक छेउमा खडा गरिएको टेन्टमा खाना पकाउने, त्यही खाने र भोलिपल्ट फेरि चक्काजाम गर्ने आफूहरूको कार्यक्रम गरेको नेता साहले जानकारी दिए ।

सरकारले माग पूरा नगरेसम्म किसान आन्दोलन जारी रहनेसमेत उनले चेतावनी दिए ।

उनीहरूले किसानले मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएका छन् । किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP