बुधबार , भाद्र १७, २०८३

गत कात्तिक महिनाको पहिलो साता जुम्ली नागरिक दसैंलाई बिदाइ गरी तिहारको स्वागतमा जुटेका थिए । मार्सी फाँटमा लहलह झुलेका धानको त्यो सुन्दरता, वर्षभरिको दुःख बिर्सेर घरमा मार्सी भित्र्याएर भोक मेट्ने किसानको त्यो मिठो चाहना, अनि पाटन तथा खर्कबाट बेंसी झारिएका भेडीगोठ र भैंसी गोठहरूले वर्षा सकिएर हिउँद लाग्ने संकेत गरिरहेका थिए ।कात्तिक महिना लाग्नासाथ वर्षा हुन छोड्छ । यहाँका किसानलाई सिमी, मकै, धान, कोदोलगायतका बाली भित्र्याउने र हिउँदभरि गाईवस्तुलाई पुग्ने घाँस काट्ने चटारो सुरु हुन्छ । तर, यो वर्ष प्रकृतिले पनि आफ्नो कर्म भुल्यो । १ कात्तिकबाट जुम्लामा भारी वर्षा सुरु भयो । ठाउँठाउँमा पहिरो जान थाल्यो, काटेर सुकाएका घाँस पानीले कुहियो ।

रेडियोहरूमा प्रसारण हुने विपद्का सूचना र समाचारले सजग हुन प्रेरित गरिरहेका थिए । मानवीय क्षति नहोस् भन्नका लागि काम छोडेर घरभित्रै बस्न थाले भेरीखोलाका नागरिक । खोलानालामा आवतजावत पनि बन्द भयो । विगतमा भेरीखोलामा बाढी र पहिरोले सामान्य असर गथ्र्यो । योपटकको वर्षाले पनि ठूलो क्षति नहुने विश्वासमा थिए, किसानहरू ।

तर, उनीहरूको विश्वासविपरीत ३ कात्तिकको राति १२ बजे भेरीखोला उर्लेर आयो । ‘बिहान उठेर हेर्दा मार्सी फाँटमाथि बाढी हिँडिरहेको थियो, दर्जनौं विद्युत् गृह बगेको खबर कानमा प¥यो, डेढ सय भेडाको बथान बाढीमा मिसिएको थियो, यो हाम्रो कल्पनाबाहिरको परिणाम थियो,’ तातोपानी–७ सर्मीका दलजित बुढाले भने ।

अहिलेका पुस्ताले भेरीखोला नदीमा यति ठूलो बाढी आएको कहिल्यै देखेका थिएनन् । बुढा पाकाका अनुसार १९८४ सालमा ठूलो बाढी आएको थियो । झन्डै सय वर्षपछि पुनः उर्लेर आएको बाढीले भेरीखोलाका नागरिकलाई रित्तो बनाएर गयो । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP