बुधबार , भाद्र १७, २०८३

आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

केहीबेर पछि यी प्रदेशका केही ठाउँमा पानी पर्न थाल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार आज अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना छ । काठमाण्डौमा बेलुका पानी पर्ने अनुमान गरिएको छ ।

यस्तै, आज सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग समेत पर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि पनि देशभर वर्षा र हिमपातको सम्भावना छ ।

भोलि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार पर्सि शनिवार पनि केही ठाउँमा वर्षा हुनेछ । आइतवारदेखि भने मौसम खुल्दै जाने मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

अहिले देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यही प्रणालीकाे कारण मौसम बद्ली भइ वर्षा र हिमपात हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP