मंगलबार , बैसाख २९, २०८३

प्रतिनिधिसभाका सांसदहरुले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर् गणना गर्न समेत माग गरे ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रिय तथ्यांक विभागसँग माग गरे । उनले काठमाडौँमा सधैँ माइग्रेशन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घट्ने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नतिजामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताए ।

सांसद पाण्डेले भने, ‘अरु जिल्लामा जनसंख्या बढ्ने तर काठमाडौँमा नबढ्ने किन भयो ? यो चिजमा राम्रोसँग हेर्नुस् । कतै राम्ररी गणना भएन कि या अस्थायी रुपले माइग्रेट भएर पेशा, व्यवसायमा आएका मान्छेहरु कोभिडका कारण घर गएको बेला या अन्य कुनै कारणले काठमाडौँमा नभेटेर हो कि ? केही त जष्टिफिकेशन हुनुप¥यो नि । कोभिडका कारण विद्यार्थीहरु बसेनन् कि यहाँ ? त्यो बेला घर फर्किएकी । नत्र भने यो तथ्य मिलेन । विगतमा त्यो बढेर आउँथ्यो ।’ काँग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरिन् ।
उनले गणकहरुलाई घरघरमा पु¥याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाइन् । उनले भनिन्, ‘मेरो घरमा आएर एक पटक पनि सोधिएन । मेरो परिवार कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको या यो तथ्यांक लिएको छैन । र, मलाई पनि त्यो अनुभव नभएकाले किन आएनन् त ? राज्यको उद्देश्य र जनताले चाहेजस्तो यो गणना भएको छैन । तथ्यांक आएको छैन । विदेशमा गएकाहरुको गणना छुटेको अवस्था छ । छुटेको जनसंख्यालाई गणना गर्ने के कार्यक्रम छ, योजना छ ? त्यो पनि आउनु प¥यो । र हाम्रो देशको जनसंख्या सही तरीकाले तथ्यांक सहित आउनु प¥यो । मलाई लाग्छ, फेरी पनि पुनर् गणना ग¥यो भने सही तथ्यांक आउँछ ।’

यता, केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए । उनले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए । महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नतिजाको कामलाई विभागले इमान्दारीताका साथ समयमै सम्पन्न गराएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP