आइतबार , बैसाख २१, २०८२

सरकारले यसै हप्ता मन्त्रिपरिषदबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बुझिएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले निर्वाचनको घोषणा गर्ने व्यवस्था भएअनुसार प्रक्रिया बढाइँदैछ ।सरकारले चुनाव घोषणा गरेपनि रोक्ने विभिन्न कोणबाट खेलहरु भइसकेका छन् । चुनाव रोक्न अदालतमा मुद्दा दायर गर्ने तयारी समेत भएको छ ।
विश्वस्त स्रोतका अनुसार दल विशेषको चाहना अनुसार स्थानीय निकायका जनप्रतिनिधिमध्ये २०७४ जेठपछि निर्वाचित भएकाहरुले पाँच वर्ष कार्यकाल पूरा नभएको भन्दै मुद्दा दायरको तयारी गरेका छन् । मुद्दा दायर भएर अन्तरिम आदेश जारी भएमा निर्वाचनमा अवरोध आउन सक्छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्रको चुनाव चिन्हबारे पनि अदालतमा मुद्दा दायर हुने सम्भावना छ । निर्वाचन अयोगले राष्ट्रिय जनावर गाई चुनाव चिन्ह बनाएको भन्दै राप्रपालाई पुनरावलोकनका लागि पत्र लेखिसकेको छ । उसको विधानमा हिन्दुराष्ट्र र राजसंस्था उल्लेख भएकोमा हटाउन समेत पत्रमा उल्लेख छ ।

यो विषय अदालतमा पुगेर अलमल भएमा पनि चुनावमा अवरोध आउनसक्छ । अदालतमा मुद्दा दायर गरेर योजनावद्ध तरिकाले चुनाव रोक्ने खेलहरु भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP