मंगलबार , बैसाख २९, २०८३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्तीअघि नै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताएका छन् । विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा आएका मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै यस्तो बताएका हुन् । ‘अब विमानस्थल सञ्चालनमा कुनै विलम्ब हुनुहुँदैन, बुद्ध जयन्ती अगावै नै विमानस्थल सञ्चालनमा ल्याइने छ’ उनले भने ।

निर्माण सुरु भएको सात वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ । विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको छ । विमानस्थल निरीक्षणका क्रममा मन्त्री आलेसहित मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, उपनिर्देशक लगायतको टोली आएको थियो ।

उनले बुद्ध जयन्ती अगाडि नै विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिए । ‘म यहीँबाट निर्देशन दिन्छु, विमानस्थल शीघ्र सञ्चालनमा आओस्, बुद्ध जयन्ती अगाडि नै नागरिकले विमानस्थल सञ्चालनमा आएको देख्न पाउन्’ मन्त्री आलेले भने ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल विद्यमान रहेको एयर ट्राफिकको समस्या समाधान हुने पनि उनको दाबी छ । विमानस्थल निरीक्षणपछि प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले आगामी फागुन ९ गते परीक्षण उडानको कार्यतालिका बनाइएको जानकारी दिए । ‘मौसमले साथ दिएमा आउँदो फागुन ९ गते थाइल्याण्डदेखि नेपालमा विमान अवतरण हुनेगरी कार्यतालिका बनाइएको छ’ उनले भने । ठाकुरले आउँदो बुद्ध जयन्तीका दिन चार्टड विमानमा लुम्बिनीमा पाहुना ल्याउने गरी विमानस्थल सञ्चालनको योजना बनाइएको पनि बताए ।

परीक्षण उडानका लागि विमानसहित मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको ठेक्का लिएको थाइल्याण्डको एरो थाइ कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउन्ड चेकको कार्य भइरहेको बताएका थिए ।

विमानस्थल निर्माण आयोजना अन्तर्गत आइसिबी टु को ठेक्का थाइल्याण्डको एरो थाइ कम्पनीले लिएको छ । आइसिबी टु अन्तर्गत मौसम, सञ्चार, विमानको दिशा पत्ता लगाउने संयन्त्रको निर्माण पर्छ । परीक्षण उडानको तयारीस्वरुप थाइल्याण्डबाट चार जना प्राविधिकको टोली भैरहवा आइपुगेको छ ।

अहिले ग्राउण्ड टेस्टको काम सुरु भएको छ । फागुनमा परीक्षण उडानको लागि जहाज आउने विमानस्थल निर्माण आयोजना आइसिबी टु का प्रमुख तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP