सोमबार , भाद्र १५, २०८३

तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ। राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ छ। अध्यक्ष यादव भने तत्काल बैठक बोलाउने पक्षमा देखिएका छैनन्।

‘राष्ट्रियसभाको चुनाव सकिएलगत्तै बैठक बोलाउनुपर्छ भन्ने हाम्रो पहिलादेखिकै माग हो। चुनाव पनि सकिएको छ’, भट्टराई निकट नेता गंगानारायण श्रेष्ठले भने, ‘त्यसैले अध्यक्षज्यूले अब तुरुन्तै बैठक डाक्नुपर्छ।’ भट्टराईनिकट अर्का एक नेताले भने, ‘अध्यक्षज्यूले तत्काल बैठक बोलाउनुभएन भने पार्टीमा दुर्घटना हुन्छ। यो कुरा उहाँले बुझे हुन्छ।’ उनले आफ्नो नाम भने खुलाउन चाहेनन्।

भट्टराई पक्षधर नेताहरूले भट्टराईलाई कार्यकारी अधिकारसहित कार्यकारिणी समितिको अध्यक्ष तथा अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउन माग गरेका छन्। श्रेष्ठले भने, ‘हामी पार्टीमा सामूहिक र समावेशी नेतृत्व प्रणाली कायम होस् भन्ने चाहन्छौं।’ भट्टराई पक्षधर नेताहरूले भन्ने गरेको समावेशी नेतृत्व प्रणालीको अवधारणाअनुसार भट्टराई कार्यकारिणी समितिको पहिलो अध्यक्ष, उपेन्द्र यादव दोस्रो अध्यक्ष तथा संघीय परिषद्को अध्यक्षमा अशोक राईलाई मनोनयन गर्नुपर्छ भन्ने हो।

महन्थ ठाकुरले पार्टी छाडेपछि कार्यकारिणी समितिको पहिलो अध्यक्ष पद हाल खाली छ। त्यस पदमा भट्टराईलाई ल्याउनुपर्छ भन्ने उनी पक्षधर नेताहरूको भनाइ छ। जसपाको विधानमा कार्यकारिणी समितिमा दुई अध्यक्षको व्यवस्था गरिएको छ।

भट्टराईलाई महेन्द्र यादव, इस्तियाक राई, प्रदीप यादवलगायतले पनि साथ दिएका छन्। यसअघि यी नेताहरू यादवसँग नजिक थिए। यादव पक्षकै केही नेताले भट्टराईलाई साथ दिएपछि जसपाको कार्यकारिणी समितिमा अहिले भट्टराई पक्ष बहुमतमा रहेको उनी निकटका नेताहरूको दाबी छ। यादव पक्षधर नेताले भने जसपालाई एकल अध्यक्ष प्रणालीमा लैजानुपर्ने तर्क गरेका छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP