आइतबार , जेठ १२, २०८२

‘अपत्यारिलो अभियोग’ लगाएर पुर्पक्षका लागि कारगार पठाइएका एक युवालाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।

२८ करोड रुपैयाँ राजस्व छली गरेको अभियोग लगाएर उमाशंकर रायभरलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो। उनको नागरिकता दुरुपयोग गर्दै कम्पनी खडा गरी राजस्व छली भएको थियो।

यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी माग गर्ने आदेश गरेको थियो। तर उक्त रकम बुझाउन नसकेपछि उनी थुनामुक्त हुन सकेका थिएनन्। पाटनको उक्त आदेश बदर गर्दै सर्वोच्चले २५ हजार कायम गरिदिएको हो।

फागुन १९ देखि ललितपुरको नख्खु कारागार चलान भएका थिए।

बाराको परवानीपुर–१ मा ऐलानी जग्गामा झुप्रो मात्र बनाउन सकेका उनले यति ठूलो रकम छली गर्न ‘असम्भव’ भएको तर अदालत र राजस्व अनुसन्धान विभागको कमजोरीका कारण मुद्दा चलाइएको भन्दै विरोध भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP