मंगलबार , बैसाख २९, २०८३

कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाले बलिउड अभिनेता सलमान खानलाई उपहारस्वरुप आफ्नो बायोग्राफी पुस्तक हस्तान्तरण गरेका छन् ।

आफ्नो जीवनी बारेको पुस्तक हस्तान्तरण गर्दै आरोही पूर्जाले नेपाल आउन सलमान खानलाई निम्तो समेत दिएका छन् ।

इन्स्टाग्राममा निर्मलले लेखेका छन्, ‘सलमान भाइसँगै आनन्ददायक भेटघाट रह्यो । मेरो देशमा चाँडै भेट हुनेछ ।’ निर्मल पछिल्लो समय नेटफिल्क्सको चर्चित डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’बाट चर्चित बनेका छन् ।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीमार्फत पूर्जाले सलमानलाई भेटेका हुन् । सलमान र निर्वाणबीच राम्रो सम्बन्ध छ ।

७ महिनाभित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका म्याग्दीका आरोही पूर्जाले संसारका चर्चित सेलेव्रिटीलार्ई जुटाएर काठमाडौंमा भव्य कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।

उक्त कार्यक्रमका लागि सलमानलाई नेपाल आउन निम्तो दिएका हुन् । सोही कार्यक्रममा आउन निर्मलले विश्वचर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्जलाई पनि निम्तो दिएका छन् ।

निर्मल निकट स्रोतका अनुसार सलमानले नेपाल आउने वचन निर्मललाई दिएका छन् । यसअघि दबङ रिलोेडेड कार्यक्रममा नेपाल आउने भनिएपनि विवाद सिर्जिएपछि सलमानको नेपाल कार्यक्रम स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP