आइतबार , जेठ १२, २०८२

कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाले बलिउड अभिनेता सलमान खानलाई उपहारस्वरुप आफ्नो बायोग्राफी पुस्तक हस्तान्तरण गरेका छन् ।

आफ्नो जीवनी बारेको पुस्तक हस्तान्तरण गर्दै आरोही पूर्जाले नेपाल आउन सलमान खानलाई निम्तो समेत दिएका छन् ।

इन्स्टाग्राममा निर्मलले लेखेका छन्, ‘सलमान भाइसँगै आनन्ददायक भेटघाट रह्यो । मेरो देशमा चाँडै भेट हुनेछ ।’ निर्मल पछिल्लो समय नेटफिल्क्सको चर्चित डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’बाट चर्चित बनेका छन् ।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीमार्फत पूर्जाले सलमानलाई भेटेका हुन् । सलमान र निर्वाणबीच राम्रो सम्बन्ध छ ।

७ महिनाभित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका म्याग्दीका आरोही पूर्जाले संसारका चर्चित सेलेव्रिटीलार्ई जुटाएर काठमाडौंमा भव्य कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।

उक्त कार्यक्रमका लागि सलमानलाई नेपाल आउन निम्तो दिएका हुन् । सोही कार्यक्रममा आउन निर्मलले विश्वचर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्जलाई पनि निम्तो दिएका छन् ।

निर्मल निकट स्रोतका अनुसार सलमानले नेपाल आउने वचन निर्मललाई दिएका छन् । यसअघि दबङ रिलोेडेड कार्यक्रममा नेपाल आउने भनिएपनि विवाद सिर्जिएपछि सलमानको नेपाल कार्यक्रम स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP