बुधबार , भाद्र १७, २०८३

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले आकर्षक तलब र सुविधासहित वैदेशिक रोजगारीको झुटो प्रलोभन दिएर भिजिट भिसामा यूएईलगायत खाडीका विभिन्न देशमा पुर्‍याएर अलपत्र पार्नेहरूलाई कारबाही गरेरै छोड्ने बताएका छन् ।

बिहीबार मन्त्रालयमा भिजिट भिसामा यूएई गएर अलपत्र परी दुःख झेलेर फर्किएका युवाहरूको समस्या सुनेपछि मन्त्री श्रेष्ठले उक्त आश्वासन दिएका हुन् । आकर्षक तलब, सुविधासहितको रोजगारीको प्रलोभन देखाई विदेश लगेर अलपत्र बनाउने जो केहीलाई कारबाही गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।

भिजिट भिसामा लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न मन्त्रालयका उपसचिव तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक सम्मिलित मार्शल प्रकृतिको कार्यदल गठन गरिसकेको भन्दै मन्त्री श्रेष्ठले भिजिट भिसामा लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न गहिरो अनुसन्धानको शुरूवात गरिएको समेत बताए ।

आगामी आइतबारदेखि २४ सै घण्टा सेवा उपलब्ध हुने गरी मन्त्रालयमा गुनासो सेन्टर स्थापना गर्न लागिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP