बुधबार , भाद्र १७, २०८३

युवाहरू रोजगारीको खोजीमा विदेश भासिँदा देशको जनसङ्ख्या वृद्धि दरमा गिरावट आएको छ । वि.स. १९८८ साल यता पहिलोपटक नेपालको जनसङ्ख्या वृद्धिदर वार्षिक एक प्रतिशत भन्दा कम भएको छ । त्यस वर्ष देशको जनसङ्ख्या वृद्धिदर ०.०७ प्रतिशतले ऋणात्मक स्थितिमा थियो ।

त्यसपछिका प्रत्येक जनगणनामा नेपालको जनसङ्ख्या वार्षिक एक प्रतिशत भन्दा माथि नै थियो । १९९८, २०१८ र २०६८ सालमा मात्रै एक प्रतिशत हाराहारीले जनसङ्ख्या बढेको थियो । त्यस बाहेकका अन्य जनगणनामा जनसङ्ख्या वृद्धिदर दुई प्रतिशत भन्दा बढीले उकालो लाग्ने गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका प्राध्यापक डा. रमेश पौडेल देशको अर्थतन्त्र कमजोर हुँदा जनसङ्ख्या वृद्धिदर घटेको बताउँछन् । देशले श्रम गर्न योग्य युवालाई रोजगारीको दिन नसकेको र ती विदेशिन बाध्य बनेकाले जनसङ्ख्या वृद्धिदर घटेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP